सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु, २६ जना घाइते-Sutra News

सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु, २६ जना घाइते

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

काठमाडौं । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।



घटनामा अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताएका थिए ।

करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो ।

मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, ‘मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौँ ।’

माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइ पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा पुगेको हस्लामले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट