रुस-युक्रेन युद्धको अन्त्यबारे बोले जेलेन्स्की-Sutra News

रुस-युक्रेन युद्धको अन्त्यबारे बोले जेलेन्स्की

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्ध कहिले अन्त्य हुन्छ भन्ने कसैलाई थाहा नभएको बताएका छन् ।



पत्रकार सम्मेलनमा बोल्दै जेलेन्स्कीले यो प्रश्नको जवाफ कसैसँग नभएको बताएका हुन् । ‘न त आदरणीय व्यक्तिहरू, न हाम्रा कमाण्डरहरू, न त पश्चिमका हाम्रा साथीहरूले युद्ध धेरै वर्षसम्म चल्नेछ भन्छन्,’ उनले भने ।

यसअघि जेलेन्स्कीले रुसविरुद्धको लडाइँ जारी राख्न अमेरिकाले अर्बौं डलर थप सहायता उपलब्ध गराएर आफ्नो वाचा पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।

‘युक्रेनले यस वर्षको ब्ल्याक सी युद्धमा ठूलो जीत हासिल गरेको छ,’ राष्ट्रपतिले जेलेन्स्कीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट