साताको पहिलो दिन शेयर बजारमा गिरावट, कारोबार रकममा रेकर्ड-Sutra News

साताको पहिलो दिन शेयर बजारमा गिरावट, कारोबार रकममा रेकर्ड

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से २१ अंकले गिरावट आएको छ ।



योसँगै नेप्से २१ सयभन्दा तल झरेर २०८८ मा कायम भएको छ । कारोबार रकममा वर्ष दिनपछि सर्वाधिक उच्च भएको छ ।

आइतबार कूल सात अर्ब ११ करोडको कारोबार भएको हो । यसअघि बिहीबार ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।

आज कूल ७९ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो । यस कम्पनीको मात्रै ३० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिद बिक्री हुँदा सोनापुर मिनरल्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट