निकेल प्लाण्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु, ३९ जना घाइते-Sutra News

निकेल प्लाण्टमा विस्फोट हुँदा १२ जनाको मृत्यु, ३९ जना घाइते

आइतबार, ८ पौस २०८०

आइतबार, ८ पौस २०८०

काठमाडौं । पूर्वी इण्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । घटनामा ३९ जना घाइते भएका छन् ।



सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टिलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।

‘पीटी इण्डोनेसियाको सिङशान स्टेनलेस स्टिल’को प्लाण्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले भने ‘अहिले मृत्यु हुनेको संख्या १२ पुगेको छ भने घाइते हुनेको संख्या ५१ पुगेको छ, सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको छ ।’

घटनामा सात इण्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । कुर्नियावानले एएफपीलाई बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए ।

अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्यांकीमा पनि विस्फोट भएको देखिएको छ । आइतबार बिहानसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट