काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक इतिहास फर्कन नसक्ने बताएका छन् ।
कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको जन्म दिवसका अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अहिले व्यवस्थामाथि प्रश्न आइरहेकाले यसलाई कमजोर बनाउने प्रयत्न भए पनि इतिहास फर्कन नसक्ने दाबी गरे ।
गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट मुलुकलाई अघि बढाउनु पर्ने उनको भनाइ थियो । उनले स्व. नेता भट्टराईले मुलुकको परिवर्तनमा गरेको योगदानको चर्चा गरे ।
अहिलेको परिवेशमा स्व. भट्टराईको योगदानको खोजी नीति हुनु पर्ने र पार्टी पनि किताब बनाएर सार्वजनिक गर्नु पर्नेमा उनले जोड दिए ।