काठमाडाैं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संसद् सचिवालयले कोइरीको निलम्बन फुकुवा गरेको हो ।
यसअघि आइतबार नै सांसद कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका थिए ।
कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो । फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी संसद् पदबाट निलम्बनमा परेका थिए ।
कोइरी २०८० वैशाख १९ मा निलम्बनमा परेका थिए।
असई थमन विक हत्या अभियोगमा कोइरीले २९ मंसिरमा जिल्ला अदालत महोतरीबाट सफाइ पाएका थिए। सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए। संसद सचिवालयका अनुसार उनको निलम्बन फुकुवा भएको छ।