मीन राशीलाई नसोचेको ठाउँबाट धन आउने, तपाईंको दिन कस्तो ?-Sutra News

मीन राशीलाई नसोचेको ठाउँबाट धन आउने, तपाईंको दिन कस्तो ?

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

आज मिति २०८० साल पुष ९ गते सोमबार । तदनुसार डिसेम्बर २५ तारिख २०२३ मार्ग शुक्ल पक्ष चर्थुदशी तिथि । आज इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ । बिहान ६ बजेर ५० मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १५ मिनेटमा अस्ताउने छ ।



मेष

आज महिला वर्ग बाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । लाभदायक यात्रा पनि होला ।

वृष

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्यामा सफलता पाइने छ । प्रेममा सम्बन्धमा मधुरता छाउने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

मिथुन

मनमा निरास र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन पनि सक्छ ।

कर्कट

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्ने र लाभ हुनेछ ।

सिंह

धनार्जनका स्रोतहरू पत्ता लाग्ने छन् । वित्तिय संस्थाबाट सहयोग पाइने छ । आत्मबल बढाएर काम गरेमा असफल वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कन्या

धर्मकर्म तथा समाजसेवामा मन लाग्ने छ । भाग्यले विभिन्न अवसर जुराउने छ, तर स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्ने छ ।

तुला

लाभहानी, आयव्यय र सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

वृश्चिक

विशिष्ट व्यक्तिको साथ पाइने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु

धार्मिक कार्यमा रुचि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

मकर

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

कुम्भ

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मीन

कुनै कुराले मनमा शान्ति छाउने छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धन आउने छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट