ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते-Sutra News

ट्रक र बस ठोक्किँदा ८ जनाको मृत्यु, ६ जना घाइते

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

काठमाडौं । पश्चिमी ताञ्जानियाको किगोमा क्षेत्रमा शनिबार साँझ एउटा मिनी बस र ट्रक ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । घटनामा छ जना घाइते भएका छन् ।



किगोमा क्षेत्रीय आयुक्त फिलेमोन माउन्गुले किगोनामा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार साँझ ५ बजे दुर्घटना भएको हो ।

स्थानीय समयअनुसार शनिबार किबोण्डो जिल्लाको मुम्कुग्वा गाउँमा किबोण्डो–काकोन्को राजमार्गमा गुडिरहेको मिनी बसका चालकले नियन्त्रण गुमाएपछि सो दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट