एकै परिवारको नौ जनाको आगलागीमा परी मृत्यु-Sutra News

एकै परिवारको नौ जनाको आगलागीमा परी मृत्यु

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटना एबोटाबाद जिल्लामा भएको हो । उक्त आगलागीमा परी एकै परिवारका नौ जना सदस्यहरू जलेका थिए ।

विद्युतीय चुहावटका कारण आगलागी भएको र त्यहाँका बासिन्दाले नियन्त्रण गर्न नपाउँदै घरभरि आगो फैलिएको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि नजिकैको अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट