प्रधानमन्त्री दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने-Sutra News

प्रधानमन्त्री दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।



प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रचण्ड विं.सं. २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सम्बोधनमा उनले भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थाबारे जानकारी दिने प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट