फिलिपिन्स सरकार र माओवादीबीच भिडन्त, नौ जनाको मृत्यु-Sutra News

फिलिपिन्स सरकार र माओवादीबीच भिडन्त, नौ जनाको मृत्यु

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

काठमाडौं । फिलिपिन्स सरकार र माओवादी विद्रोहीबीच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार सेनाले श्रृङ्खलाबद्ध कारबाही गरेको छ । कारबाहीमा नौ लडाकुको मृत्यु भएको छ ।



फिलिपिन्सको कम्युनिष्ट पार्टी र यसको सशस्त्र शाखा न्यू पिपुल्स आर्मी (एनपीए)ले घोषणा गरेको दुई दिने एकतर्फी क्रिसमस युद्ध विरामको सुरुवातमा दक्षिणी शहर मलयबाले नजिकैका चार दुर्गम गाउँमा युद्ध भएको एक सैन्य विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सेनाको चौथो इन्फेन्ट्री डिभिजनले मलयबलेमा भएको झडपको विस्तृत विवरण तत्काल सार्वजनिक गरेको छैन । तर, सेनाले नौ जना एनपीए विद्रोही मारिएको पुष्टि गरेको छ ।

सन् १९८६ मा मार्कोसका पितालाई सत्ताच्युत गरेयता पूर्ववर्ती सरकारले सुरु गरेको असफल वार्तापछि राष्ट्रपति फर्डिनान्ड मार्कोसको सरकार र विद्रोहीहरूले अर्को वर्ष शान्ति वार्ता पुनः सुरु गर्ने योजना बनाएको गत महिना घोषणा गरेका थिए ।

फिलिपिन्समा विश्वकै सबैभन्दा लामो समयसम्म चलेको माओवादी विद्रोहले हजारौंको ज्यान लिइसकेको छ । विद्रोही समूहले एक पक्षीय रूपमा मंगलबार विद्रोहको ५५ औँ स्थापना दिवसको उपलक्ष्यमा दुई दिन ‘सामरिक आक्रमणहरू’ स्थगन गर्ने शनिबार घोषणा गरेको थियो ।

करिब २६ हजार छापामार बाँकी रहेको अनुमान गरेको सरकारले एनपीएसँग यस वर्ष क्रिसमस युद्ध विराम नगर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट