तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बैठक-Sutra News

तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बैठक

सोमबार, ९ पौस २०८०

सोमबार, ९ पौस २०८०

काठमाडौं । संक्रमण कालीन न्याय (टीआरसी)सम्बन्धी विधेयकबारे छलफल गर्न तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।



सोमबार बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता सहभागी थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी ओलीसहित नेताहरू सहभागी भएका छन् ।

संसदको कानून, न्याय तथा मानव अधिकार समितिले राजनीतिक सहमतिकै आधारमा टीआरसी विधेयकलाई टुंग्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट