कन्या राशीलाई दाम-इनाम, तपाईंको दिन कस्तो ?-Sutra News

कन्या राशीलाई दाम-इनाम, तपाईंको दिन कस्तो ?

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

आज मिति २०८० साल पुष १० गते मंगलबार । तदनुसार डिसेम्बर २६ तारिख २०२३ मार्ग शुक्ल पक्ष पूर्णिमा तिथि । आज बिहान ६ बजेर ५२ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १६ मिनेटमा अस्ताउने छ । आज उधौली पर्व तथा योमरी पुन्ही ।



मेष

नयाँ काम प्रारम्भ हुने समय छ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

वृष

अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्ने छ । काममा विशेष अवसर प्राप्त हुनेछ । पहिलेको सफलताले पनि हौसला जगाउने छ । व्यापारमा मनग्य फाइदा हुनेछ ।

मिथुन

बलपूर्वक प्रयत्न गर्दा केही काम सम्पादन हुने छन् । स्वास्थ्य र यात्राका लागि केही रकम खर्चनु पर्ने देखिन्छ । आंशिक प्रतिफल प्राप्त भए पनि हडबडमा गरिएको काम दोहोर्याउनु पर्ने हुन सक्छ ।

कर्कट

बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउने छ । व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा सरसापटमा गएको रकम भने फिर्ता लिन सकिने छ ।

सिंह

समाजमा विरोध गर्नेहरूबाट सजग रहनु होला । नोकरी र व्यवसायमा विशेष फाइदा हुने समय छ । आँटले पुरुषार्थी काम सम्पादन हुनेछ । दिगो कामको जग बसाउन सकिने छ ।

कन्या

अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जाने छ । धेरैले आफ्ना कामको तारिफ गर्ने छन् । शुभ चिन्तकले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला

चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा हातहाल्दा अरूले फसाउन सक्छन् । मिहिनेत परे पनि कामको उपलब्धि हात पार्न केही समय लाग्न सक्छ ।

वृश्चिक

कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

धनु

स्वास्थ्यमा कमजोरी देखा पर्नुका साथै उपचारमा केही रकम खर्च हुने सम्भावना छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनु पर्ला । हुलमुलमा जाँदा धनमाल हराउन सक्छ, सचेत रहनु होला ।

मकर

शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने छ । नयाँ योजना शुभारम्भ गर्ने समय छ । गुरुजनको साथ–सहयोग जुट्ने छ ।

कुम्भ

भूमि तथा पशुधनबाट लाभ मिल्ने छ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभ चिन्तकलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नु पर्ला ।

मीन

साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नु होला । फाइदाका लागि केही वस्तु त्याग्नु पर्नेछ । व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था पनि आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट