काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । योसँगै छापावाला सुनको मूल्य प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँ पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदी एक हजार ४८५ रुपैयाँमा कारोबार हुने भएको छ । सोमबार प्रतितोला चाँदी एक हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।