गाउँमा शिक्षादेखि सडकसम्म विकास भए, गाउँ रित्तिदै गए : राष्ट्रपति-Sutra News

गाउँमा शिक्षादेखि सडकसम्म विकास भए, गाउँ रित्तिदै गए : राष्ट्रपति

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भए पनि गाउँ रित्तिदै गएको भन्दै चिन्ता व्यक्त गरे ।



सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

नीति निर्माण र शासन सत्तामा बस्नेलगायत सबैले यस समस्याको समाधान खोज्नु पर्ने बताउँदै शिक्षा र रोजगारीका लागि दैनिक रुपमा हजारौँ नेपाली युवाहरू विदेशिने क्रम रोक्ने गरी शिक्षा दिन जरुरी रहेको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुन सक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता रहेको बताए ।

उनले धेरै शैक्षिक उन्नति र प्रगतिका बावजुद सरस्वती क्याम्पसको भौतिक संरचना खास गरी अत्याधुनिक भवनलगायतको अभाव हुनु चिन्ताको विषय भएको बताउँदै भौतिक पूर्वाधारमा सहयोग गर्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट