बच्चालाई कसरी हुन्छ भर्चुअल अटिजम ? कसरी जोगाउने ?-Sutra News

बच्चालाई कसरी हुन्छ भर्चुअल अटिजम ? कसरी जोगाउने ?

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । बालबालिकामा मस्तिष्क विकासमा आउने समस्यालाई अटिजम भनिन्छ । यसलाई वैज्ञानिक भाषामा ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ भनिन्छ ।



अटिजम भएका बच्चाहरू एक्लै खेल्न, उमेरअनुसार बोली नआउने, साथीभाइसँग घुलमिल नहुने, एकोहोरो बस्ने, कुराकानी नगर्ने जस्ता लक्षण देखा पर्न सक्दछ ।

पछिल्लो समय टीभी, कम्युटर, मोबाइल जस्ता उपकरण अधिक हेर्ने बच्चाहरूलाई भर्चुअल अटिजम हुन सक्दछ ।

कसरी जोगाउन भर्चुअल अटिजमसँग

भर्चुअल अटिजम भएका बच्चालाई टीभी, मोबाइललगायत विद्युतीय उपकरणको स्क्रिनबाट टाढा राख्नु पर्छ । स्क्रिनबाट ६ महिना टाढा राख्न सके बच्चालाई यो रोग निको हुन सक्दछ ।

थेरापीबाट पनि अटिजमको केही हदसम्म राहत पाउन सक्दछ । थेरापीबाट शारीरिक तथा मानसिक क्षमताको विकास हुने, रमाउने, आराम मिल्ने र रोगप्रतिरोधक क्षमताको विकास हुन टेवा पुग्दछ ।

यसका लागि चिकित्सकसँग परिवारका सदस्यले थेरापी सिकेर घरमै बच्चालाई सिकाउन सक्दछ ।

अटिजमबाट बच्न के गर्ने ?

अटिजमबाट बच्चालाई जोगाउन दैनिक ३० मिनेट उनीहरूसँग समय बिताउने, घुलमिल हुने, कुराकानी गर्ने, मोबाइलभन्दा किताब हेर्न लगाउने गर्नु पर्दछ ।

यस्तै, टीभी कम हेर्न दिने, बच्चासँग बच्चाकै व्यवहार गर्ने, बच्चालाई खेल्न प्रेरित गर्ने, साथीभाइसँग घुलमिल गराउने, कुराकानी गर्नेजस्ता विषयमा जोड दिनु पर्दछ ।

बच्चालाई अटिजम भएको कसरी थाहा पाउने ?

गाउँभन्दा शहरमा अटिजम पीडित बढी, काठमाडौंमा कति छन् पीडित ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट