क्रिमियाली शहर फिओडोसियामा विस्फोट, बन्दरगाह क्षेत्र बन्द-Sutra News

क्रिमियाली शहर फिओडोसियामा विस्फोट, बन्दरगाह क्षेत्र बन्द

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । आक्रमण ठूलो विस्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले जनाएको छ ।



विस्फोटबाट उत्पन्न आगो नियन्त्रणमा लिइएको छ । उद्धारका सबै विशेष टोलीहरू प्रभावित क्षेत्रमा तैनाथ छन् । वरपरका बासिन्दालाई घरबाट बाहिर निलालिएको छ ।

रसिया टुडेले क्रिमियाका नेता सर्गेई अक्स्योनोभलाई उद्धृत गर्दै यसबारे प्रारम्भिक जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट