सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको जिम्मेवारी हो : प्रधानमन्त्री-Sutra News

सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको जिम्मेवारी हो : प्रधानमन्त्री

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सबै जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको बताएका छन् ।



उनले भौगोलिक रूपमा सानो भए पनि जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोटमा विश्वमै नमुना भएको दाबी गरे ।

‘विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव हो,’ उनले भने, ‘यो सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका ज्यापुबीच मात्र नभई विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलापमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट