आँधीका कारण अष्ट्रेलियाम एक जनाको मृत्यु, सवा लाख घर बिजुलीविहीन-Sutra News

आँधीका कारण अष्ट्रेलियाम एक जनाको मृत्यु, सवा लाख घर बिजुलीविहीन

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ ।



चट्याङका कारण एक महिलाको मृत्यु भएको छ । आँधीबाट एक लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

स्थानीय अखबार द कुरियर-मेल’का अनुसार सडकमा हिँड्दै गर्दा रुख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो ।

स्थानीय बिजुली कम्पनीका कर्मचारीहरूले आँधीले क्षति पुगेका ८७५ वटा बिजुली लाइन मर्मत कार्य भइरहेको बताएका छन् । क्वीन्सल्याण्डमा विनाशकारी आँधीबेहरीले ध्वस्त पारेको बिजुली केही दिनसम्म बन्द हुन सक्ने बताइएको छ ।

प्रतिकूल मौसमका कारण यस वर्षको क्रिसमसको अवधिमा पूर्वी अष्ट्रेलियामा विनाशकारी आँधी आउने सम्भावना रहेको एबीसी न्युज प्रसारकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट