काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले देशमा विद्युतीकरणले ठूलो उपलब्धी हासिल गरेको बताए ।
यस्तै, प्रचण्डले सरकार असफल नभएको दाबी गर्दै आफूले सन्तुष्ट भने हुन नसकेको बताए । ‘सरकार असफल त भएन, तर म आफै सन्तुष्ट हुन सकिनँ, देश बनाउने हुटहुटी अझै छ,’ उनले भने ।
उनले पूर्वाधार विकास गर्न संकटकाल घोषणा गरी काम गर्ने गरी तयारी गरिने बताए ।