शीर्ष नेताहरूको बैठकले सत्ता होइन, देश विकासमा जोड दिनेछ : प्रधानमन्त्री-Sutra News

शीर्ष नेताहरूको बैठकले सत्ता होइन, देश विकासमा जोड दिनेछ : प्रधानमन्त्री

मंगलबार, १० पौस २०८०

मंगलबार, १० पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू नेतृत्वको सरकार एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गरेका छन् । यस क्रममा उनले सरकार सफल भएको बताए ।



प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै आगामी दिनमा बजेट निर्माण र नीति तथा कार्यक्रम नै परिवर्तन गर्ने बताए । यसका लागि स्थानीय तहका कर्मचारी र सर्वसाधरणसँग प्रतिक्रिया लिने बताए ।

यस्तै, उनले देशमा पर्यटकको संख्या वृद्धि भएको बताउँदै आगामी दिनमा थप काम गर्नु पर्ने बताए । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक काम पूरा गरी सञ्चालन गरिने उनको भनाइ थियो ।

‘अब, शीर्ष नेताहरूको बैठकहरूले सत्ताका लागि हैन विश्वविद्यालयको सुधार र देश विकासमा जोड दिनेछ,’ उनले भने, ‘भर्नाअघि नै सबै पाठ्यपुस्तक विद्यालयमा पुर्याएर मात्रै हैन, शिक्षक र विद्यार्थीको अनुपात मिलाउने छु ।’

यस क्रममा प्रधानमन्त्रीले देशमा शिक्षा र स्वास्थ्यमा सुधार गरी काम गरिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट