वृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

वृश्चिक राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०

आज मिति २०८० साल पुष ११ गते बुधबार । तदनुसार डिसेम्बर २७ तारिख २०२३ । आज कृष्ण पक्ष प्रतिपदा तिथि । बिहान ६ बजेर ५२ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १६ मिनेटमा अस्ताउने छ ।



मेष

आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

बृष

शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

मिथुन

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्ने छन् । काममा हस्तक्षेप गर्नेमाथि प्रतिकारमा उत्रनु पर्ने स्थिति आउन सक्छ ।

कर्कट

आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्ने समय छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्ने छ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् ।

सिंह

केही विवादास्पद कामको आक्षेप लागे पनि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउने छ । नाम, दाम र इनाम कमाउने बेला छ ।

कन्या

मिहिनेतले पदीय जिम्मेवारी दिलाउने छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने छ । भाग्यले विभिन्न अवसर थमाउने छ ।

तुला

व्यस्तता बढ्ने छ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारी साथ काममा जुट्नु होला । छिद्र खोतल्नेहरूले दुस्ख दिने छन्, विशेष योजना गोप्य राखेर अघि बढ्नु होला ।

वृश्चिक

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउने छ । व्यापार बढ्नाले आम्दानी पनि बढ्ने छ ।

धनु

अवसर मिले पनि प्रतिद्वन्द्वीको भयले सताउन सक्छ । केही काम बने पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने परिस्थिति रहने छ । निकै दौडधुप गर्नु परे पनि काम अधुरो रहला ।

मकर

नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहने छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिने छ ।

कुम्भ

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झने छन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्ने छ ।

मीन

हडबडीले काम बिग्रने छ भने सानो गल्तीले काम दोहोर्याउनु पर्ला । बेसुरको व्यवहारले समस्या निम्त्याउने छ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् । केही काम बने पनि छिद्र खोतल्नेहरूले सताउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट