काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस विश्वभाषा क्याम्पसमा नयाँ भर्ना खुला भएको छ ।
प्रदर्शनीमार्गमा रहेको क्याम्पसले चिनियाँ, फ्रेञ्च, जर्मनी, स्पेनिस, जापनिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजीसहित भाषाको नयाँ भर्ना खुला भएको हो ।
भाषा पढ्न इच्छुक विद्यार्थीले आगामी पुस १६ देखि २६ गतेसम्म फाराम बुझाउन सक्ने सूचनामा जनाइएको छ ।
यसैबीच क्याम्पसले अंग्रेजी र नेपालीबाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादक आवश्यक रहेको भन्दै सम्पर्क गर्न आग्रह गरेको छ ।