काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।
आईपीओका लागि कूल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए । सोमध्ये १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको हो । जम्मा ८ हजार ६५५ आवेदन रद्द भएको छ ।
स्वीकृत आवेदनमध्ये १० देखि ३० कित्तासम्म आवेदन दिने आवेदकले आफूले दिएजत्ति शेयर पाएका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी सर्वसाधारणका लागि दुई करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई ‘इक्राएनपी आईआर ए’ रेटिङ प्रदान गरेको छ ।