काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रनको योगफल बनायो ।
एपीएफका लागि राजमति ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन् । उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् ।
त्यस्तै ममता चौधरीले ६२ रन बनाइन् । उनले ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन् । रोमा थापाले अविजित १४ रन बनाइन ।
बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट झारिन । कर्णाली प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।