सहकारीबाट लिएको ऋणबारे रवि लामिछानेले भने : कारबाही हुन्छ भने भोग्न तयार छु-Sutra News

सहकारीबाट लिएको ऋणबारे रवि लामिछानेले भने : कारबाही हुन्छ भने भोग्न तयार छु

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो गल्ती भए सजाय भोग्न तयार भएको बताएका छन् । सहकारीबाट ऋण लिएर ‘ग्यालेक्सी फोर के’ टेलिभिजन खोल्दा गल्ती भएको स्वीकार्दै सजाय भोग्न तयार भएको बताएका हुन् ।



‘ग्यालेक्सीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक थिएन र त्यसवापत तत्कालीन शेयर सदस्यका रुपमा मलाई पनि कारबाही हुन्छ भने भोग्न तयार छु,’ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भने, ‘अथवा, विद्यमान कानून मलाई कारबाही गर्न अपर्याप्त छ भने संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुन्छ ।’

सभापति लामिछानेले ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला आफू नभएको बताएका छन् । उनले गोर्खा मिडिया नेटवर्कको शेयर धनीमा फेरबदल भइसकेको बताउँदै सबै शेयर ट्रान्सफर गरेको बताए ।

‘मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रुपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ ?,’ उनले प्रश्न गरे ।

यस्तै, उनले कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रुपमा छाडेपछि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनु पर्ने हुन्छ र ? भन्दै प्रश्न गरेका छन् ।

कानूनी रुपमा पूर्ण रूपले छाडिसकेको कम्पनीको जिम्मेवारी लिनुपर्छ भन्ने तर्क कानून अनुरुप र व्यवहारिक नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट