आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न इजरायलको आग्रह-Sutra News

आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न इजरायलको आग्रह

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित इजराइली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजराइलले नयाँ दिल्लीमा आफ्ना नागरिकलाई भिडभाडमा नजान सुझाव दिएको छ ।



दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो ।

विस्फोटपछि दूतावास नजिकै इजराइली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजराइली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञ सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको बताए ।

इजराइली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजराइलीलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, ‘भिड हुने स्थान तथा पश्चिमी/यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नु होला ।’

परिषद्ले इजराइलीलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट