बाढीका कारण छ जनाको मृत्यु, हजारौँ घरबारविहीन-Sutra News

बाढीका कारण छ जनाको मृत्यु, हजारौँ घरबारविहीन

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०

काठमाडौं । दक्षिणी थाइल्याण्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा हजारौँ घरबारविहीन भएका छन् ।



डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा क्षति पुगेको क्षेत्रीय अधिकारीले बताएका छन् ।

नाराथिवाटमा ८९ वर्षीया महिला र एक बालकसहित छ जनाको मृत्यु भएको प्रान्तीय उपगभर्नर प्रिचा नुआलनोईले बताए । उनका अनुसार धेरै दिनको भीषण वर्षापछि अर्का एक व्यक्ति बेपत्ता भएका छन् ।

वर्षाका कारण बाढीको पानीको सतह केही स्थानमा करिब तीन मिटरको उचाइसम्म बढेको छ । स्थानीय मिडिया फुटेजमा सडक हिलो र बाढीले डुबेको तथा बासिन्दाले छतमा शरण लिइरहेको तस्बिर देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट