काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज दोहोरो अंकले गिरावट आएको हो ।
बुधबार १७ अंकले घटेसँगै नेप्से २०७० अंकमा कायम भएको छ । आज कूल पाँच अर्ब २४ करोड रुपैयाँको कारोबार भयो ।
आज सबैभन्दा धेरै व्यापार समूहमा २.३ प्रतिशतले गिरावट आयो । निर्जीवन बीमा र म्युचुअल फण्डबाहेकका सबै समूह घटेको हो ।
शेयर बजार घटे पनि ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल इन्स्योरेन्स, इनिफिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र माइखोला हाइड्रोपावर जस्ता कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।
त्यस्तै, चार कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको छ । जसमा बीपीडब्लू लघुवित्त, हिमालयन हाइड्रोपावर र सूर्याज्योति लाइफ इन्स्योरेन्स रहेको छ ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सूर्याज्योति लाइफ इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी अगाडि रहेको छ ।