‘गठबन्धन सरकारले सोचेअनुसार काम गर्न सकेन’-Sutra News

‘गठबन्धन सरकारले सोचेअनुसार काम गर्न सकेन’

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनुरुप काम गर्न नसकेको बताएका छन् ।



भक्तपुरमा आयोजित एक कार्यक्रमा नेता विश्वकर्माले विगतभन्दा गठबन्धनको सरकारले केही काम गरे पनि सोचअनुरुप हुन नसकेको बताएका हुन् ।

लुम्बिनीमा बनेका उद्योग मन्त्रीका विषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदा केही नभन्ने र कमजोरी नदेखे पनि मन्त्री बन्नसाथ अनावश्यक आरोप लगाएको बताए । उनले तथ्य आधार नभएको अवस्थामा आनवश्यक मिडियाबाजी गरी चरित्र हत्या गर्न नहुने उल्लेख गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक वर्षे पूर्णपाठले मन्त्री फेरबदल गरेर भए पनि आफ्नो कार्यकाल सफल बनाउछु भन्नु सकारात्मक सन्देश रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट