धरानका मेयरले राष्ट्रपति र प्रधानमन्त्रीको ठाउँमा ‘राजा’को फोटो राख्ने !-Sutra News

धरानका मेयरले राष्ट्रपति र प्रधानमन्त्रीको ठाउँमा ‘राजा’को फोटो राख्ने !

बुधबार, ११ पौस २०८०

बुधबार, ११ पौस २०८०

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्गले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने भएका छन् । संघीय सरकारले आफ्नो पालिकालाई महत्व नभएको भन्दै उनले विरोध स्वरुप यस्तो गर्ने भएका हुन् ।



सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको फोटो राख्ने बताएका छन् । “भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु”, उनले भनेका छन्, “जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।”

मेयर साम्पाङ्गले फोटो राख्ने भनिएका यलम्बर प्रथम किराँती राजा हुन् । किराँत संस्कृतिलाई उत्थान गर्न भूमिका खेलेका यलम्बरलाई किराँतीहरुले पुज्ने गर्छन् ।

पछिल्लो समय मेयर साम्पाङ्गले धरानमा विमानस्थलको माग गर्दै आएका छन् । तर, उनको मागमा संघीय सरकार सकारात्मक देखिएको छैन । जसको विरोधस्वरुप उनले पछिल्लो कदम चालेको देखिन्छ ।

यद्यपि, उनको निर्णयलाई सामाजिक सञ्जालमै विरोध गरिएको छ । उनको निर्णय अपरिपक्क भएको धेरैको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट