आज तपाईंको दिन कस्तो, हेर्नुहोस् राशिफल-Sutra News

आज तपाईंको दिन कस्तो, हेर्नुहोस् राशिफल

बिहिबार, १२ पौस २०८०

बिहिबार, १२ पौस २०८०

आज मिति २०८० साल पुष १२ गते बिहीबार । तदनुसार डिसेम्बर २८ तारिख २०२३ । बिहान ६ बजेर ५२ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १६ मिनेटमा अस्ताउने छ ।



मेष

आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । अनावश्यक विवादमा फस्नुपर्ने योग छ । बोली र व्यवहारमा धैर्यता राख्नु हितकर होला । वादविवादमा फस्नुबाट जोगिनुहोला । ब्यापारमा भने आज फाइदै मिल्ने समय छ । प्रेमभाव वृद्धि हुनेछ । सन्तानबाट सुख प्राप्ति र यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष

व्यस्तता बढे पनि सामाजिक कामबाट प्रशंसा मिल्ने र मन उल्लसित रहने दिन छ । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहला । आफन्तजनलाई मद्दत गर्नुपर्ने योग छ । रसरागमा आकर्षण बढ्ने छ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हेला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।

मिथुन

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । खुसीको खबर प्राप्त होला । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । रसरागमा रुचि बढ्ने छ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । कार्य क्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कर्कट

आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । अप्रत्याशित लाभ हुनेछ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह

समय चुनौतीपूर्ण छ । पीडा दिनेहरु सक्रिय रहलान्, सावधान रहनुहोला । व्यर्थको खर्च हुने योग रहेकोले खर्च घटाउने प्रयास गर्नु हितकर होला । स्वास्थ्यका लागि खानपानमा सावधान रहनुहोला । मित्रजनको साथ मिल्नेछ ।

कन्या

नयाँ कामको थालनी गर्न सकिने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्ला । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । मुद्दा(मामिलामा विजयी भइनेछ । दिन खुशीसाथ बित्नेछ । पारिवारिक सुख शान्ति समृद्धि र पराक्रम बढ्नेछ । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आयआर्जनमा राम्रो दिन छ । सोचेभन्दा बढी नै लाभ होला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तजन सँगको भेटघाटले सुख दिनेछ । नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउन सक्छ । आयबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

बृश्चिक

कर्मबल र दायित्व बढ्ने दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । ब्यापारबाट सामान्य नाफा होला । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । शुभ काममा आकर्षण बढ्नेछ । रोग र शत्रु परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु

आज अरूको भर पर्दा काममा धोका हुन सक्छ । घरेलु समस्याले सताउने योग छ । मित्र बनेर धोका दिनेहरु भेटिनेछन् । स्वास्थ्य कमजोर रहला । धनमान हराउन सक्छ, सावधानी अपनाउनुहोला । आजको दिन टाढाको यात्रा नगर्नु हितकर हुनेछ । गीतसंगीत र रसरागात्मक कार्यप्रति आकर्षण बढ्नेछ ।

मकर

सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनुपर्ला । आर्थिक लेनदेन पनि खासै राम्रो छैन । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । यसका बाबजुद नसोचेको धन लाभ हुने योग छ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । आर्थिक पक्ष पनि सन्तोषजनक रहेको छ । पठनपाठनमा मन जाला । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मिठो भोजन मिल्नेछ भने रसरागमा आकर्षण बढ्ला ।

मीन

दिन शुभदायी छ । आरोग्यबल वृद्धि हुनेछ । कामका नयाँ योजनाहरु बन्ने समय छ । काममा जोश र जाँगर बढ्ला । आर्थिक लाभ पनि होला । वार्तामा सफलता मिल्नेछ । सुख विलासको माहोल रहला । समस्याको समाधान मिल्नेछ । प्रतिष्पर्धी परास्त होलान् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट