सरकारकी प्रवक्ता भन्छिन्– मन्त्रीको गाडी जलाइनु अराजकता हाे, स्वीकार्य हुन्न-Sutra News

सरकारकी प्रवक्ता भन्छिन्– मन्त्रीको गाडी जलाइनु अराजकता हाे, स्वीकार्य हुन्न

शुक्रबार, १३ पौस २०८०

शुक्रबार, १३ पौस २०८०

काठमाडाैं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले यस्ताे बताएकी हुन् ।



मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध भन्दै उनले कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताइन् । अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै उनले बालकुमारीमा आवश्यक पलहकदमी लिएको उल्लेख गरिन् ।

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सवार गाडीमाथि भएको आगजनी र त्यसमा परी २ जनाको मृत्यु भएकाे घटनाबारे बाेल्दै उनले भनिन्, “जे घटना भयो, त्यो दुःखद् भयो, आफ्ना असन्तुष्टि शान्तिपूर्वक प्रस्तुत गर्न पाइन्छ, सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन ।”

यद्दपि, घटनाबारे सरकारकाे विराेध भएपछि गृहमन्त्रालयले शुक्रबार नै घटनाबारे छानबिन गर्न समिति बनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट