बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर-Sutra News

बलात्कारको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

शुक्रबार, १३ पौस २०८०

शुक्रबार, १३ पौस २०८०

काठमाडाैं । बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको हो ।



अदालतले दाेषी ठहर गरेपनि लामिछानेलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय भने अदालतले गरिसकेकाे छैन । लामिछानेकाे विषयमा सजाय निर्धारणका लागि अदालतले पुस २५ गतेका लागि पेसी ताेकेकाे छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ‘ङ’बमोजिम सजायँ हुनसक्ने जनाइएकाे छ । उक्त व्यवस्थामा १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने उल्लेख छ ।

लामिछानेविरुद्ध २०७९ भदौमा बलात्कारको जाहेरी परेको थियो ।

तर, विदेशमा भएकाे कारण लामिछानेलाई डेढ महिनापछि मात्रै प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेकाे थियाे । प्रहरीले कार्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर, उनी उच्च अदालत पाटनकाे आदेशले पुस २८ मा २० लाख धरौटीमा थुनामुक्त भएका थिए ।

याेबीचमा थुनामुक्त भएपछि लामिछानेले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट