शनिबार तपाईंको दिन कस्तो ? हेर्नुहोस राशिफल-Sutra News

शनिबार तपाईंको दिन कस्तो ? हेर्नुहोस राशिफल

शनिबार, १४ पौस २०८०

शनिबार, १४ पौस २०८०

आज मिति विं.सं. २०८० पुष १४ गते शनिबार । तदनुसार डिसेम्बर ३० तारिख २०२३ । बिहान ६ बजेर ५३ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर १८ मिनेटमा अस्ताउने छ ।



मेष

आजको दिन उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ र विभिन्न भौतिक साधनहरू जुट्नेछन् । राम्रो अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आज आफन्तको ज्यादा विश्वास गर्दा समस्या उत्पन्न हुन सक्ने योग छ । सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ । व्यस्तता वृद्धि हुनेछ । सृजनात्मक काममा सफलता मिल्ला । यात्रा सफल रहला ।

बृष

समय मनोरञ्जनात्मक रहला । पराक्रमका बाबजुद काममा चुनौती देखिने र सहयोगीहरूले विपक्षीलाई साथ दिने सम्भावना पनि छ । खर्चको योग भए पनि विशेष प्रयासले लाभ मिल्न सक्छ । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् र विभिन्न अवसरले पछ्याउने देखिन्छ । व्यापारमा फाइदा हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन

पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने दिन छ । दाम्पत्य सम्बन्धमा शंका र असमझदारी बढ्ने समय छ, परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ, धैर्य राख्नुहोला । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर ुहोला । प्रतिकुलताका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । कार्यशक्ति बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।

कर्कट

आरोग्यबल बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रतिष्पर्धी एवम् इर्ष्या गर्नेहरूको मनोबल कमजोर भइ सकारात्मक नतिजा तपाईंको पक्षमा रहला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह

नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । मनग्य धन आर्जन हुने समय छ । प्रतिभाले फाइदा दिलाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । अध्ययनमा राम्रो प्रगति हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या

विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ, आयआर्जन पनि राम्रै हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । प्रेमको सन्दर्भ अघि बढ्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला

कर्मबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ल । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । हिम्मतले काम बनाउन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

बृश्चिक

आज अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक छ, ध्यान राख्नुहोला । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, विवेक लगाएर व्यवहार गर्नुहोला । सुख सुविधाको बस्तुमा खर्च होला । योजना र बजेट बनाइ कार्य गर्नु उचित रहनेछ ।

धनु

लाभ हुने काम प्रारम्भ गर्ने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रेम र मित्रताको गाँठो कसिएला । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्नु उचित रहनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण रहला ।

मकर

काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । आजको दिन व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

आजको दिन पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद मिल्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोस् । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने योग छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नेछ ।

मीन

अधिकारका लागि केही संघर्ष हुन सक्ने तथा प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि आजको दिन बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले तपाईंका प्रशंसकहरू बढ्नेछन् भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने समय छ । वार्तामा सफलता मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट