युक्रेनको स्कुल र भवनमा रूसको आक्रमण हुँदा ३० जनाको मृत्यु-Sutra News

युक्रेनको स्कुल र भवनमा रूसको आक्रमण हुँदा ३० जनाको मृत्यु

शनिबार, १४ पौस २०८०

शनिबार, १४ पौस २०८०

काठमाडौं । रूसले युक्रेनमाथि शुक्रबार गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनामा सयौँ घाइते भएका छन् ।



युक्रेनी अधिकारीका अनुसार ब्यारेज, स्कुल, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।

सन् २०२२ को फेब्रुअरीको अन्त्यदेखि रूसी सेनामाथि आक्रमण गरिरहेको युक्रेनलाई रूसी क्षेप्यास्त्रले पोल्याण्डको हवाई क्षेत्र पार गरेको थियो । त्यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो भने त्यसपछि युक्रेनको सुरक्षाका लागि सैन्य सहयोगको नयाँ प्रतिबद्धता व्यक्त गरिएको थियो ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “आज रूसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।”

रूसले युक्रेनमा १५८ वटा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट