सुजन र वीरेन्द्रको परिवारका पीडाको खबरले मन बेचैन भइरहेको छ : केपी ओली-Sutra News

सुजन र वीरेन्द्रको परिवारका पीडाको खबरले मन बेचैन भइरहेको छ : केपी ओली

शनिबार, १४ पौस २०८०

शनिबार, १४ पौस २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबाट मन बेचैन भएको बताएका छन् ।



कामदारका लागि दक्षिण कोरियाको भाषा परीक्षण (ईपीएस)मा सहभागी हुन पाउनु पर्ने माग राख्दै आन्दोलन हुँदा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

आन्दोलनमा प्रहरीको दमनबाट उनीहरूको मृत्यु भएसँगै परिवारका पीडाका खबर सुनेर आफ्नो मन बेचैन भएको अध्यक्ष ओलीको भनाइ थियो ।

‘२३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ, छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ,’ उनले आफ्नो सामाजिक सञ्जालन फेसबुकमा बनेका छन् ।

उनले कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनु पर्ने माग राखेका छन् ।

यस्तै, छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् भन्दै चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट