काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएपछि बैठक सुरु भएको हो ।
शुक्रबार कोरियन भाषा परीक्षा (ईपीएस)मा सहभागी हुन पाउनु पर्ने माग राख्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो । उक्त घटनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।