काठमाडौं । आम जनता पार्टीको आईटी आर्मीको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । रौतहटको मौलापुरको शहिद स्मृति सभाहलमा कार्यक्रम सुरु भएको हो ।
पार्टीको स्थापना दिवसको अवसरमा आयोजना कार्यक्रमले भ्रष्टाचारविरूद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाउँदै राजनीतिक दस्तावेज पारित गर्ने भएको छ ।
पाँच दिनसम्म चलने भेलामा युवाहरूको सहभागिता रहेको पार्टी अध्यक्ष प्रभु साहले बताए । चन्द्रभूषण साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको विशिष्ट अतिथिमा उपाध्यक्ष एवं सभासद तिलक थापा, रितादेवी साह, महासचिव उपेन्द्र साह, विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा लगायतको उपस्थिति थियो ।
आइटी आर्मीले भष्ट्राचारीहरूको विवरण जनता माझ सार्वजनिक गर्ने र जनकारबाही गर्ने जनाएको छ ।