४७ करोड नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको लाइन काटियो-Sutra News

४७ करोड नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको लाइन काटियो

शनिबार, १४ पौस २०८०

शनिबार, १४ पौस २०८०

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगंगा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।



शितगंगा नगरपालिका–८ जलुकेमा अवस्थित उद्योगले विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड वक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट