बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न जसपाको माग-Sutra News

बालकुमारी घटनाका दोषीलाई कारबाही गर्न जसपाको माग

शनिबार, १४ पौस २०८०

शनिबार, १४ पौस २०८०

काठमाडौं । शुक्रबार बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ ।



शनिबार पार्टीका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको हो । दोषीमाथि हदैसम्मको कारबाही गर्नसमेत जसपाको माग छ ।

‘मुलुकमा विद्यमान गरिबी र बेरोजगारीको समस्याले नेपालीहरु विदेसिनुपर्ने बाध्यता रहेको छ, मुलुकभित्र रोजगारी सिर्जना गर्न नसक्नु राज्यको कमजोरी हो, रोजगारको माग गर्ने युवामाथि दमन गर्नु र नागरिक हत्या गर्नु झन दुखद कार्य हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट