कन्या राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

कन्या राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०

आज मिति विं.सं. २०८० पुष १५ गते आइतबार । तदनुसार ३१ डिसेम्बर २०२३ । आज नेपालमा सूर्योदय बिहान ६ बजेर ५३ बजे भयो भने सूर्यास्त साँझ ५ बजेर १९ बजे हुने छ ।



मेष

व्यस्तता बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्ने दिन छ, सचेत रहनुहोला । विगतका समस्या बल्झिन सक्छन्, तथापि प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ । सहृदयी मित्रको साथ प्राप्त हुनेछ । विरोधिजन सँगको प्रतिष्पर्धामा तपाईं नै विजयी बन्नुहुने योग छ ।

बृष

पराक्रम बढ्ने छ । प्रतिस्पर्धामा पनि विजयी हुने तथा शत्रुहरू किनारा लाग्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा होला र पनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नु पर्ने समय छ । श्रम तथा लगानीको उचित मूल्य मिल्न मुस्किल पर्ने देखिन्छ । यसका बाबजुद समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक जिम्मेवारी हात पर्ने योग छ । रसरागमा आकर्षण बढ्ने छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आरोग्यता रहने छ ।

कर्कट

आजको दिन विशेष योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्ने समय छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । इर्ष्यालुजनबाट सावधान रहनुहोला । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ने र यात्रामा सफलता प्राप्त हुने योग छ ।

सिंह

रोकिएका काम बनेर उत्साह जाग्ने समय छ । प्रेमको बन्धन कसिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा चाहिँ विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सावधान रहनु होला । आर्थिक पक्ष सबल बन्नेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्ने छ ।

कन्या

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आयबल बढ्नेछ । मिठो भोजनको अवसर प्राप्त होला । रसरागमा आकर्षण र सुख बढ्नेछ ।

तुला

कर्मबल वृद्धि हुने योग भए पनि बाध्यताका काममा जुट्नु पर्ने समय छ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ, तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव रहनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्ने छ ।

बृश्चिक

धेरै परिश्रमपछि न्यून सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अन्ततः कर्ममा सफल साबित हुनु हुनेछ ।

धनु

बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइने योग छ, सावधान रहनुहोस् । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । भागदौड र दायित्व बढ्नेछ । तथापि, दैनिक काममा सफलता नै मिल्नेछ ।

मकर

आजको दिन स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्ला । व्यावसायिक काम पनि बीचमा अवरुद्ध बन्न सक्छ र पनि आम्दानीकै योग छ । प्रेमको बन्धन कसिएला । दाम्पत्य जीवन सुखद रहनेछ । आफन्तको साथ मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ

गुरुजनको विशेष सहयोग जुट्ने दिन छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । काम बिग्रने भयले सताए पनि प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । परिश्रमअनुसारको उपलब्धि नभएपनि चित्त बुझाउनुपर्ने समय छ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । मीठो भोजन प्राप्त हुनेछ ।

मीन

बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउने समय परेको हुँदा सजग रहनु हितकर होला । नयाँ काममा हात हाल्न पनि केही समय पर्खंदा राम्रो हुनेछ । अधिकार सुरक्षार्थ विशेष पहल गर्नुपर्ला । रुचिका बस्तुमा खर्च हुने योग छ । प्रेमभाव बढ्नेछ । पराक्रम वृद्धि होला । समस्याको समाधान प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट