गोलाबारीमा परी दुई बालबालिकाको मृत्यु-Sutra News

गोलाबारीमा परी दुई बालबालिकाको मृत्यु

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०
FILES-UKRAINE-RUSSIA-CONFLICT-US-ARMS-PATRIOT

काठमाडौं । रुसको सीमावर्ती शहर बेलगोरोडमा भएको गोलाबारीमा दुई बालबालिकाको मृत्यु भएको छ ।



क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले शनिबार बताएअनुसार युक्रेनी सशस्त्र बलहरूले बेलगोरोडको केन्द्रमा गोलाबारी गरेका हुन् ।

‘प्रारम्भिक जानकारीअनुसार दुई बालबालिकाको मृत्यु भएको छ, थुप्रै घाइते छन्, आक्रमणका क्रममा आवासीय बस्ती पनि प्रभावित भएका छन्,’ उनले सामाजिक सञ्जालमा भने ।

रुसी रक्षा मन्त्रालयले यसअघि शुक्रबार राति रुसी वायु रक्षा प्रणालीले बेल्गोरोड क्षेत्रको क्षेत्रमा १३ वटा रकेट नष्ट गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट