आगलागीमा परी छ जनाको मृत्यु, नौ घाइते-Sutra News

आगलागीमा परी छ जनाको मृत्यु, नौ घाइते

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०

काठमाडौं । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।



राज्यको छत्रपति सम्भाजी नगर जिल्लामा रहेको ह्याण्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।

घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, ‘हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो, हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौं, आगो निभाइएको छ, छ जनाको शव फेला परेको छ ।’

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक संख्या थप हुन सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट