रातभर सुत्दा दिउँसाेमा पनि निन्द्रा लाग्नु गम्भीर स्वास्थ्य समस्याकाे संकेत-Sutra News

रातभर सुत्दा दिउँसाेमा पनि निन्द्रा लाग्नु गम्भीर स्वास्थ्य समस्याकाे संकेत

आइतबार, १५ पौस २०८०

आइतबार, १५ पौस २०८०

अत्याधिक निद्रा लाग्नु स्वास्थ्य समस्या भएकाे विज्ञहरू बताउँछन् । यदि तपाई रातमा पनि सुतेर दिनमा पनि बारम्बार निदाउन थाल्नुभयो भने यसको अर्थ तपाईलाई “इडियोप्याथिक हाइपरसोम्निया” भनिने न्यूरोलोजिकल समस्या भएकाे हुनसक्छ । यस रोगबाट पीडित व्यक्तिहरूलाई निद्रा नपुगेको महसुस भइरहन्छ ।



भर्खरै गरिएको एक अनुसन्धानअनुसार यो रोग सोचेको जस्ताे सामान्य छैन । यसले दैनिक गतिविधि गर्न गाह्रो बनाउँछ र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउँछ ।

विज्ञहरू यदि यस्ताे समस्या देखिएमा उपचारतर्फ ध्यान दिइहाल्न अनिवार्य रहेकाे बताउँछन् ।

यस्ताे छ अनुसन्धानकाे निष्कर्ष

‘विस्कॉन्सिन स्लीप कोहोर्ट स्टडी में आईडियोपैथिक हाइपरसोम्नियाका प्रीवैलेंस एन्ड क्रॉस’ शीर्षकको अध्ययनमा निन्द्राकाे समस्याबारे चर्चा भएकाे थियाे । जसबारे अमेरिकन एकेडेमी अफ न्यूरोलोजीको मेडिकल जर्नल न्यूरोलोजीको अनलाइन अंकमा प्रकाशित भएको छ ।

यस अनुसन्धानले यस्तो अवस्था ‘इडियोप्याथिक हाइपरसोम्निया’ नामक न्यूरोलोजिकल स्लीप डिसअर्डरको संकेत हुनसक्ने देखाएको छ । यो रोग एपिलेप्सी र सिजोफ्रेनिया जस्तै सामान्य छ। यसबाट पीडित व्यक्तिहरूले प्रायः निद्राको कमी महसुस गर्छन्।

उपचार के ?

अनुसन्धानकर्ताहरूले बताएअनुसार यो रोगको कारण जान्न र यसको उचित उपचार धेरै महत्त्वपूर्ण छ। जसले गर्दा बिरामीको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।

यो निद्रा परीक्षणमार्फत पत्ता लगाउन सकिन्छ। निद्रालाई ब्यूँझाउन मद्दत गर्ने धेरै औषधीहरूले यसलाई निको पार्न सकिन्छ। यी औषधिहरूले बिरामीको दैनिकीलाई सुधार ल्याउनेछ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट