ग्लोबल आइएमई : १७ वर्षमा २१ संस्था गाभेर बन्यो ‘नम्बर वान’-Sutra News

ग्लोबल आइएमई : १७ वर्षमा २१ संस्था गाभेर बन्यो ‘नम्बर वान’

सोमबार, १६ पौस २०८०

सोमबार, १६ पौस २०८०

काठमाडौं । ग्लोबल आइएमई बैंक सबै हिसाबले ‘नम्बर वान बैंक’ बनेको छ । गत वर्ष बैंक अफ काठमाण्डू (बीओके)लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको हो ।



ग्लोबल आइएमई बैंक वित्तीय सूचकका आधारमा पनि अब्बल रहेको देखिन्छ । आर्थिक संरचनामा बलियो बनेसँगै ठूला पूर्वाधार निर्माणमा समेत बैंक लगानी गर्न सक्षम बनेको छ ।

त्यसो त आकार र वित्तीय सूचांंकमा आधारमा मात्रै होइन ग्लोबल आइएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने गरी भूमिका खेलेको पाइन्छ । बृहत पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई पनि यसले प्राथमिकतामा राख्दै आएको छ ।

हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् भने मर्जर नीतिकै कारण छोटो समयमा नै बैंक पुँजी संरचना र शाखा संरचनाको हिसाबले पनि ठूलो र अब्बल बैंक बन्न सफल भएको देखिन्छ ।

चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो

ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । १७ वर्ष अगाडि २०६३ सालमा जम्मा एक अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको बैंक योबीचमा सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्न सफल भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रूपैयाँ पुगेको छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पुँजी हो ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा तीन अर्ब २० करोड रूपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित भएको छ ।

नाफामा निरन्तर बृद्धि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा एक अर्ब २२ करोड ५७ लाख ५४ हजार रूपैयाँ पुगेको छ । जुन गत आबको सोही अवधिको तुलनामा करिब चार करोडले बढीले हो । गत आबको सोही अवधिमा बैंकको नाफा एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रूपैयाँ थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी चार अर्ब ८० करोड रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी तीन अर्ब २० करोड रूपैयाँ गरेको थियो । यस अवधिमा बैंकको संचालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रूपैयाँले बढेको देखिन्छ । गत वर्षको यस अवधिमा बैंकले तीन अर्ब १४ करोड संचालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा तीन अर्ब ९ अर्ब ९२ करोड रूपैयाँ गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन अर्ब ३२ करोड ३३ लाख रूपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा नौ रूपैयाँ ९६ पैसा रहेको छ ।

३५ अर्ब ७७ करोड १० लाख रूपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रूपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको व्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धि भएको देखिन्छ । साथै, बैंकिङ्ग पहुँच विस्तारमा पनि ग्लोबल आइएमई बैंक आक्रामकरूपमा अघि सरेको पाइन्छ ।

लाभांश वितरणमा बैंकको इतिहास

बैंकले नाफा आर्जनसँगै निरन्तर शेयर धनीलाई पनि लाभांश वितरण गरिरहेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले १ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो ।

सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । हरेक वर्ष बोनस शेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले हरेक आर्थिक वर्षमा शेयरधनीहरुलाई नगद लाभांश भन्दा बोनस शेयर धेरै दिँदै आएको छ । यस्तै, बैंकले आर्थिक वर्ष २०६८/७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले यस वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी आव २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आ.व. २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस शेयरमात्र वितरण गरेको थियो । यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

त्यसैगरी बैैंकले आव २०७८/७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।

बैंक उदयको १७ वर्ष

२०६३ सालमा १८ औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आइएमई बैंक एक अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । यो बैैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठूलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । ग्लोबल आइएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रूपमा हेर्ने गरिन्छ ।

बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो ।

त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन । सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो । त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए ।

त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो । त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रूपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए ।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ । मर्जरलाई नै सफल रूपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रूपमा ग्लोबल आइएमई बैंक चिनिन थालेको हो । यस कारण पनि ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रूपमा मान्न सकिन्छ ।

शाखा विस्तारमा अगाडि, विदेशबाट समेत सेवा

चुक्ता पुँजीको सवालमा मात्रै होइन बैंकले सेवा प्रवाहको सवालमा पनि आफूलाई अगाडि सारेको देखिन्छ । ७७ वटै जिल्लामा शाखा रहेको बैंकको ३ सय ५५ शाखा, ३ सय ७९ एटिएम, ३ सय ७४ शाखारहित बैंकिङ इकाइ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् ।

रेमिट्यान्स भित्राउनेमा रणनीति लिएको बैंकले विदेशमा पनि आफ्नो प्रतिनिधि कार्यालयहरू खोलेको छ । बैंकले बेलायतको लन्डन, भारतको नयाँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत समेत बैंकिङ सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet

ताजा अपडेट

n78slot https://n78slot.co/ n78slot n78slot http://68.183.224.120/ n78slot n78slot/ slot2000/ n78bet/ http://167.71.213.128/ n78bet n78bet https://www.paydayiloans.com/ n78bet n78casino n78game slot77 n78bet link slot thailand n78bet slot gacor 777 slot77 slot thailand https://rik.ui.ac.id/wp-content/plugins/wp-performance/includes/server-thailand/ link slot gacor thailand slot gacor malam ini https://smansatutelukgelam.sch.id/ http://dpm-feb.trunojoyo.ac.id/nodai-aku-mas/ slot mahjong slot gacor hari ini slot gacor vegasslot77 https://7luck1.com https://7luckofficial.com https://165.22.56.249 https://206.189.158.102 https://linkr.bio/7evenluck https://heylink.me/7evenluck https://in.pinterest.com/7evenluckofficial link slot gacor slot online terpercaya https://www.todosartenes.com vegas77 slot gacor 2024 slot vegas rtp vegas77 rtp slot gacor vegas77 vegas77 vegas77 vegas77 vegasslot77 mawartoto pg slot situs gacor wajik777 https://perpus.bnpt.go.id/assets/022220/ n78bet