वृश्चिक राशीको दिन कठिन, तपाईंको दिन कस्तो ?-Sutra News

वृश्चिक राशीको दिन कठिन, तपाईंको दिन कस्तो ?

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

आज मिति २०८० साल पुष १७ गते मंगलबार । तदनुसार जनवरी २ तारिख २०२४ । आज पुष कृष्ण पक्ष षष्ठी तिथि । बिहान ६ बजेर ५४ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर २० मिनेटमा अस्ताउने छ ।



मेष

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइने छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिने छ । प्रयत्न गरेका काम सजिलै सम्पादन हुने छन् ।

वृष

हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिने छन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा दिएको वचनले समस्या पर्ने छ । असंयम व्यवहारले साथीभाइ टाढिन सक्छन् ।

मिथुन

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या पर्ला । काममा प्रतिस्पर्धा बढ्ने छ र सहयोगीहरू पछि हट्ने छन् । दाजुभाइमा असमझदारी बढ्न सक्छ ।

कर्कट

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिने छ । अध्ययनमा धेरै समय दिन नसकिएला । अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहने छ ।

सिंह

अवसरका साथ चुनौती पनि देखा पर्ने छन् । आगन्तुकहरूले अलमल्याउने हुनाले जीवन शैली व्यस्त रहने छ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ ।

कन्या

आकस्मिक खर्च बढ्ने छ भने आम्दानीका स्रोत कमजोर बन्ने छन् । व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला ।

तुला

आँटले काम सम्पादन गर्न सकिने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउने छ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने योग छ ।

वृश्चिक

बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ ।

धनु

कम मिहिनेतमै काम बन्नाले मन प्रसन्न रहने छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवन शैलीमा परिवर्तन आउन सक्छ । व्यापारमा मनग्य फाइदा हुने छ ।

मकर

अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला । लगनशील बन्दाबन्दै पनि पछि परिने छ । पुरानो हिसाब किताब सुल्झाउन समय लाग्नेछ ।

कुम्भ

कामको चापले जीवनशैली व्यस्त रहने छ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । बोली व्यवहारमा संयम रहँदै शुभ चिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नु होला ।

मीन

शत्रु र रोगका कारण काम रोकिन सक्छ । अरूका लागि बुद्धि खर्चनु पर्ने समय छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । आलोचकहरू बढ्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट