सन् २०२३ मा साउदीले १७० जनालाई फाँसीमा चढायो-Sutra News

सन् २०२३ मा साउदीले १७० जनालाई फाँसीमा चढायो

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए ।



एएफपीको तथ्यांकअनुसार साउदीले सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानव अधिकारहरूले साउदी अरबको आलोचना गरेका छन् ।

आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ ।

तीमध्ये दुई जनालाई उत्तर पश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एक जनालाई दक्षिण पश्चिमी जाजानमा मृत्युदण्ड दिइएको हो ।

सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतंकवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक रहेका छन् ।

सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट