दक्षिण कोरियाका विपक्षी नेतामाथि छुरा प्रहार-Sutra News

दक्षिण कोरियाका विपक्षी नेतामाथि छुरा प्रहार

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडाैं । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि घातक हमला भएको छ । मंगलबार बुसान सहरमा उनलाई एक अज्ञात व्यक्तिले छुरा प्रहार गरेका हुन् । सञ्चारमाध्यमले जनाएअनुसार लीमाथि आक्रमण हुँदा उनी पत्रकारलाई सम्बोधन गरिरहेका थिए ।



उनको घाँटीमा छुरी प्रहार भएकाे थियाे ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो । तर, उनको परिचय भने खुलाइएको छैन ।

ली सबैभन्दा ठूलो विपक्षी डेमोक्रेटिक पार्टीको अध्यक्ष हुन् । मंगलबार नै उनी बुसानको गादेओक टापुमा निर्माण हुन लागेको नयाँ विमानस्थलको अवार्ड दिन गएका थिए ।

अटोग्राफ लिने बहानामा आक्रमण

रिपोर्टअनुसार यो घटना दक्षिण कोरियाको समय अनुसार बिहान १०.२७ बजे भएको थियो र क्यामेरामा पनि कैद भएको थियो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले अटोग्राफ लिन लीको नजिक गएर उनको घाँटीमा प्रहार गरेका थिए ।

उनले लीलाई हानेकाे हतियार करिब २० देखि ३० सेन्टिमिटर लामो थियो। यस घटनाको भाइरल तस्विरमा लीलाई भुइँमा लडिरहेको देख्न सकिन्छ।

घटना भएको २० मिनेटमै लीलाई पुसान नेशनल युनिभर्सिटी अस्पताल लगिएको थियो। ली सचेत रहेको बताइएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट