७.२ म्याग्निच्युडको भूकम्प जाँदा जापानमा २४ जनाको मृत्यु-Sutra News

७.२ म्याग्निच्युडको भूकम्प जाँदा जापानमा २४ जनाको मृत्यु

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । नयाँ वर्षको दिन जापानको इशिकावामा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा २४ जनाको मृत्यु भएको छ । जापान टुडेका अनुसार हालसम्म २४ जनाको मृत्यु भएको हो ।



भूकम्पपछि ५० वटा पराकम्पन रेकर्ड गरिएको छ । जसको तीव्रता ३.४ देखि ४.६ सम्म रहेको छ ।

प्रधानमन्त्री फुमिया किशिदाले भूकम्पमा ज्यान गुमाउनेको संख्या बढेको बताएका छन् । घटनापछि आगो लागेको र मानिसहरू भवनमुनि पुरिएको किशिदाले बताए । इशिकावामा दुई सय भवन जलेर खरानी भएका छन् ।

जापानका रक्षामन्त्रीका अनुसार भग्नावशेषमा पुरिएका मानिसको उद्धारका लागि एक हजार सेना परिचालन गरिएको छ ।

इशिकावाका ३२ हजार ५०० घर बिजुलीविहीन छन् । बीबीसीका अनुसार १९ अस्पतालमा बिजुली नहुँदा सर्वसाधारणलाई उपचारमा समस्या भइरहेको छ ।

यसै क्रममा जापानको इशिकावा क्षेत्रमा अर्को भूकम्पको चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट